• १३ फागुन २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

पब्लिक डिबेटमा बस्न तयार भएनन् बालेन, भन्छन् : हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

१२ माघ २०८२, आइतवार

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘पब्लिक डिबेट’का लागि तयार रहेको अभिव्यक्ति दिएपछि त्यसले राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया जन्माएको छ । ओलीको उक्त फेसबुक पोस्टमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन शाहले कडा टिप्पणी गर्दै आपत्ति जनाएका छन् ।

पब्लिक डिबेटसम्बन्धी ओलीको आह्वानप्रति प्रतिक्रिया जनाउँदै बालेन शाहले देश जलाउने पक्षबारे गरिएको अभिव्यक्तिलाई लक्षित गर्दै आलोचना गरेका हुन् । शाहले कमेन्टमा प्रतिक्रिया जनाउँदै आफूलाई देश जलाउनेको रूपमा स्वीकार्नु स्वाभाविक नै भएको टिप्पणी गरेका छन् ।

शाहले आफ्नो प्रतिक्रियामा २३ गते भएको घटनालाई उल्लेख गर्दै त्यस दिन बालबालिकाको ज्यान गएको विषयलाई आतङ्कवादको संज्ञा दिएका छन् । त्यस घटनालाई ढाकछोप गर्न भोलिपल्ट अर्थात् २४ गते आगजनी गरिएको आरोप लगाउँदै उनले त्यसको जिम्मेवारी कसले लिने हो भन्ने प्रश्न समेत उठाएका छन् । साथै, आफूलाई कहिले आतङ्कवादीका रूपमा स्वीकार्ने हो भन्दै त्यसपछि मात्र अन्य विषयमा छलफल गर्न सकिने टिप्पणी पनि शाहले गरेका छन् ।

ओलीको पब्लिक डिबेट प्रस्ताव र त्यसमा बालेन शाहको कडा प्रतिक्रियालाई लिएर राजनीतिक वृत्तमा बहस चर्किएको छ ।

COMMENT

.