• १४ फागुन २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

मुलधारको राजनीतिमा बालेनको इन्ट्री, पुराना दल जोखिममा

१३ पुष २०८२, आइतवार

काठमाडौं,।राष्ट्रिय राजनीतिमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको इन्ट्री भएसँगै नयाँ तरङ्ग पैदा भएको छ । काठमाडौं महानगरपालिकामा भारी मतान्तरसहित विजयी भएका बालेन आफ्नै कार्यशैलीका कारण लोकप्रिय छन् । एउटा जमान नै उनको समर्थनमा छ । उनी बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच चुनावी सहयकार्य गर्ने सहमति भएसँगै राजनीतिमा नयाँ बहस सुरु भएको छ । बालेन र रविको चुनावी एकतालाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।

उनीहरुबीच भएको सहमति अनुसार निर्वाचनमा रास्वपाको बहुमत आए बालेन प्रधानमन्त्री हुनेछन् भने रविले सभापतिको रुपमा पार्टी हाक्ने छन् । नयाँ नमिलेको भन्दै आलोचना भइरहेका बेला भएको रवि र बालेनको सहमतिलाई धेरै नै नेपालको राजनीतिमा नयाँ अध्यायको सुरुवात भएको मानेका छन् । रवि र बालेनको एकताले सबैभन्दा अप्ठ्यारोा पुराना दलहरु कांग्रेस, एमाले र नेकपालाई परेको छ । किनकी आगामी निर्वाचनमा पनि बहुमत ल्याउने दाबी गरिरहेका पुराना राजनीतिक दलहरुलाई पनि रवि बालेनको सहमतिले झस्काइदिएको छ ।

जेनजी आन्दोलनमा सहिदहरुले दिएको बलिदानी खेर जाने डर रहेकै अवस्था यी दुई बीच भएको सहकार्यले धेरैको मनमा नयाँ आशा पैदा गराएको छ । अन नेपालको राजनीतिमा तीन स्पष्ट धार देखिएको छ । एक कांग्रेस एमालेको, दोस्रो नेकपा, हर्क साम्पाङ र कुलमानहरुको अनि तेस्रो रवि बालेनहरुको । आगामी निर्वाचनमा यी मध्ये कस्ले बाजी मार्छ रु त्यो रोचक हुने छ । निर्वाचनमा जसले बहुमत ल्याए पनि देशले जित्नु पर्छ भन्ने मनशायलाई आत्मसात गरेर काम गरे देशमा कायपलट हुन समय लाग्ने छैन् ।

COMMENT

.