काठमाडौं,। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनरागमन गरेका हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङलाई आज भेटेका छन् । भेटमा मन्त्री घिसिङले नतिजा देखाउने गरी काम गर्न निर्देशन दिए ।जल तथा ऊर्जा आयोगमा सरुवा गरिएका शाक्यलाई सर्वोच्चले प्राधिकरणमै पुनर्बहाली गरिदिएको थियो । हिजो पदभार गरेपश्चात् उनी आज मन्त्री भेट्न पुगेका हुन् ।शाक्यले विगतमा पनि प्राधिकरणमा आफूहरूले सहकार्य गरेको सम्झिँदै आगामी दिनमा पनि मन्त्रीको दिशा निर्देशअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।मन्त्री घिसिङले यसअघि आफूले शाक्यलाई सल्लाहमा नै जल तथा ऊर्जा आयोगमा सरुवा गरेको सम्झिए ।
उनले भने, ‘तपाईँसँग सल्लाह गरेर नै सरुवा गरेको थियो । अदालतले पुनर्बहाली गर्न आदेश दियो । त्यसमा मेरो केही छैन । तर, अदालतले फर्काएको दम्भ बोकेर आफूखुसी चल्न नखोज्नु होला ।’प्राधिकरणलाई अहिल्यै अत्यावश्यक सामानहरूको अभाव भइरहेको भन्दै उनले नतिजा देखाउने गरी काम गर्न सुझाव दिए । मलाई रिजल्ट चाहिन्छ । राम्रो रिजल्ट आएमा म शत्रुलाई पनि जिम्मेवारी दिन तयार हुने व्यक्ति हुँ । तर, रिजल्ट आएन भने फेरि पनि सोच्नु पर्ने हुन सक्छ,’ घिसिङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
पूर्वराजाको सन्देशलाई राप्रपाको समर्थन, निर्वाचनपूर्व नै नविन समझदारीको आह्वान


COMMENT
.