कर्णाली,। कर्णाली प्रदेशका राजनीतिक दलका नेताहरूले जेनजी प्रदर्शनका क्रममा भएका चोरी, आगजनी, तोडफोड र लुटपाटका सम्बन्धमा निष्पक्ष छानबिनको माग गरेका छन् । आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेल र नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले निष्पक्ष छानबिनको माग गरेका थिए ।
आम नागरिक र खासगरी युवापुस्ताबीचमा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्न भइरहेका पहल पर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढेको स्वीकार्दै विगतमा देखिएका यस्ता कमजोरीलाई सच्याउनु र आत्मसमीक्षा गरी आआफ्नो ठाउँबाट सुधार गर्न विज्ञप्तिमार्फत सुझाइएको छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समाचार
सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की
२ पुष २०८२, बुधवार


COMMENT
.