
बागमती,। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन नेपाल आयल निगमलाई हस्तान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । पाइप लाइन विस्तारको सम्पूर्ण काम सकिएर अहिले सोही पाइप लाइनबाट मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थको आयात भइरहेको छ । “पाइप लाइनबाट नियमित रुपमा पेट्रोलियम पदार्थ आयात भइरहेको छ”, नेपाल आयाल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले भने, “पाइन लाइनबाट ल्याइएको पेट्रोेलियम पदार्थको परीक्षण काम पनि भइरहेको छ, त्यसका लागि भारतीय आयल निगमको प्राविधिक टोली फिल्डमै खटिरहेका छन् ।”
पाइप लाइनमा कुनै समस्या देखिएको खण्डमा तत्कालै मर्मत सम्भार भइरहेको छ, परीक्षणको कामसमेत सकिएकाले छिट्टै पाइप लाइन हस्तान्तरण गर्ने तयारी भइरहेको उनको भनाइ छ । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा पाइप लाइनको उद्घाटन गर्ने वा कसरी हस्तान्तरण गर्ने विषयमा दुवै पक्षबीच छलफल भइरहेको प्रमुख आचार्यले बताउछन् । यस्तै बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अघि बढाइने भएको छ ।
अमलेखगञ्जबाट लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट डिपिआर निर्माणको काम अन्तिम चरणमा पुगेकाले अबको केही दिनभित्रै पाइप लाइन निर्माणको कामले तिव्रता लिने नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख आचार्यले बताएका थिए ।“डिपिआर निर्माणको काम अन्तिम चरणमा पुगेर पाइप लाइनको काम अघि बढाउन चितवनमा कार्यालयसमेत स्थापना भइसकेको छ”, प्रमुख आचार्यले भने, “अबको केही दिनभित्रै माटो सम्याउने कार्य पनि सुरु हुन्छ ।” सुरु भएको तीन वर्षभित्र काम सकिने लक्ष्य रहेको उनको भनाइ छ ।
भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइप लाइनको काम सकिएर पाइप लाइनबाटै पेट्रोलियम पदार्थको आयात सुरु भएपछि अमलेखगञ्जबाट लोथरसम्म पाइप लाइनको काम सुरु गर्न लागिएको हो । चितवनको लोथरमा कुल २३ बिघा १२ कठ्ठा जग्गामा ग्रिनफिल्डसहितको एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्नसक्ने टनेल निर्माण गरिने प्रमुख आचार्यले बताएका थिए । नेपाल–भारतबीच ‘जिटुजी’ सम्झौता मार्फत निर्माण हुन लागेको अमलेखगञ्ज–लोथर पाइप लाइन विस्तारको काम भारतीय आयल निगमले गर्नेछ । यसैबीच अमलेखगञ्जस्थित आयल निगमको पेट्रोलियम पदार्थ लोडिङ गर्ने बईमा समस्या देखिएपछि भारतीय प्राविधिक टोलीले मर्मत गर्ने भएको छ ।रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.