मध्यनेपाल (लमजुङ),। मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन् ।
इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले पहिरो तत्कालै हटाउन नसकिने अवस्थाको रहेको जानकारी दिएका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार
राजनीति
पूर्वराजाको सन्देशलाई राप्रपाको समर्थन, निर्वाचनपूर्व नै नविन समझदारीको आह्वान
७ फागुन २०८२, बिहिवार


COMMENT
.