
काठमाडौं,। आगामी भदौमा नेपाली चलचित्रसँग सम्बन्धित तीन ‘अवार्ड’ समारोह हुने भएको छ । आयोजकहरूले भिन्नाभिन्नै रुपमा घोषणा गरेअनुसार भदौ २६ गते ‘आठौँ सिने सर्कल अवार्ड–२०८२’, भदौ २८ गते ‘दोस्रो इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा)’ र सोही महिनामा चलचित्र समीक्षक समाजले प्रदान गर्ने ‘क्रिटिक्स अवार्ड’ आयोजना हुनेछ ।
पुरस्कारले चलचित्रकर्मीलाई प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले बताएका छन् । ‘सिने सर्कल नेपाल’ द्वारा आयोजित समारोहमा २५ विधामा पुरस्कार प्रदान गरिने ‘आठौँ सिने सर्कल अवार्ड २०८२’ को संरक्षक चौधरी समूहका प्रबन्ध निर्देशक वरुण चौधरी छन् । चलचित्र समीक्षक तथा पत्रकारहरूको छाता संस्था चलचित्र समीक्षक समाजले केही वर्षदेखि रोकिएको ‘क्रिटिक्स अवार्ड’ लाई पुनः निरन्तरता दिने भएको हो । समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले अवार्ड प्रदान गर्नका लागि चलचित्र हेर्ने काम भइरहेको बताएका थिए ।
“हामीले समीक्षात्मक रुपमा अब्बल सावित हुने चलचित्र र चलचित्रकर्मीलाई पुरस्कृत गर्ने गरेका छौँ । केही वर्ष विविध कारणले रोकिएको पुरस्कार समारोहले पुनः निरन्तरता पाउँदैछ । हामी चलचित्र हेरिसकेपछि विजेता घोषणा गरेर भदौमा पुरस्कार वितरण गर्ने छौँ”, उनले भने । उक्त पुरस्कार नौ विधामा प्रदान गरिनेछ । ‘इन्फा इभेन्ट्स युके’ र ‘इन्फा नेपाल’ को आयोजना तथा मनु मिडियाको सहकार्यमा बेलायतस्थित लण्डनको ग्रिनफोर्ड हलमा भाद्र २८ मा ‘दोस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा)’ आयोजना हुने कार्यक्रम संयोजक मनिष कार्कीले बताएका थिए ।
“नेपाली कला र संस्कृति प्रवासमा बढाउन हामीले पुरस्कार वितरण समारोह बेलायतमा गर्ने गरेका छौँ । दोस्रो शृङ्खलामा आइपुग्दा हामी अझै परिपक्क भएर कार्यक्रमको आयोजना गरिरहेका छौँ । हाम्रो चलचित्रसम्बन्धी गतिविधिले बेलायतमा बजार बढाउन र नेपाली चलचित्र प्रवर्द्धनमा टेवा पुगेको हाम्रो विश्वास छ”, संयोजक कार्कीले भने । उनले २६ विधामा पुरस्कार वितरण गरिने र अभिनेत्री शर्मिला मल्ललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गरिने जानकारी दिएका थिए । केही वर्ष अगाडि बढिरहेको ‘अवार्ड’ को सङ्ख्या पछिल्लो समय सन्तुलित बन्दैछ । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.