
काठमाडौं । गायिका देविका बन्दनाको म्युजिक भिडियो ‘सोलुको मैच्याङ’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित विशेष कार्यक्रममा वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सङ्गीतकार राजु सिंह, सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईलगायतको उपस्थितिमा म्युजिक भिडियो प्रिमियर गरिएको हो ।
त्यस अवसरमा गायिका देविका बन्दनाले आफूले सोलुखुम्बुको पर्यटन तथा संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले सोलुको मैच्याङ सृजना गरेको बताएका थिए । “केही समयअघि चीन जाँदा सोलुखुम्बुका जनप्रतिनिधिहरुसँग भेट भएको थियो, उनीहरुसँगको साक्षात्कारबाट त्यहाँको कला, संस्कृति र पर्यटनबाट प्रभावित भएकी थिए, सोही समयमा सोलुखुम्बुका लागि केही गर्नुपर्छ भन्ने लागेको थियो”, उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि थुलुङ गाउँपालिकाका अध्यक्ष असिम राईले म्युजिक भिडियोमा सोलुखुम्बु झल्किएको उल्लेख गर्दै म्युजिक भिडियो तयार पार्नु हुने गायिका देविका बन्दनाप्रति आभार व्यक्त गरेका थिए । “गीतमा व्यक्त भएका शब्द मर्मस्पर्शी छन्, समग्र जिल्लाको प्रचारप्रसार हुने गरी पुनः छायाङ्कन गर्ने हो भने हाम्रो गाउँपालिकाले खर्च बेहोर्ने छ, यसबाट जिल्लाको पर्यटन र संस्कृति प्रवर्द्धन हुन्छ भन्ने मलाई विश्वास छ”, उनले भने । वरिष्ठ कलाकार तथा विशिष्ट अतिथि मदनकृष्ण श्रेष्ठले क्यान्सरजस्तो रोगलाई जितेर फेरि कलाकारितामा सक्रिय हुनुभएकी कलाकार देविका बन्दनाप्रति आभार व्यक्त गर्दै गीतको सफलताको शुभकामना दिएका थिए ।
उक्त गीतको शब्द देविका बन्दनाले रचना गरेको हो भने गायनमा देविकालाई सोही गीतका सङ्गीतकार तथा एरेञ्जर किरण कँडेलले साथ दिएका थिए । कमल राईको निर्देशन रहेको म्युजिक भिडियोमा सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’ र विशाल गुरुङले मोडलिङ गर्नुभएको छ । उक्त गीत देविका बन्दना नामक युट्युब च्यानलमा हेर्न सकिन्छ । कलाकारहरु सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’ र विशाल गुरुङ, किरण कँडेललगायतले गीतबारे चर्चा गरेका थिए । उनीहरुले गीतमार्फत सोलुको पर्यटन तथा संस्कृतिको प्रचारप्रसारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
त्यस अवसरमा गायिका देविका बन्दनाले म्युजिक मिडियो छायाङ्कन भएको कदम्पा गुम्बाका प्रतिनिधिलाई आर्थिक सहयोग उपलब्ध गराएका थिए । हाल उक्त गुम्बामा करिब सात सय बालबालिका अध्ययनरत छन् । गायिका बन्दनाले हालसम्म १०० भन्दाबढी चलचित्रमा गीत गाइसक्नुभएको छ । उनका ‘भरे आउँछु सपनीमा।।।’, ‘यस्तै रहेछ यहाँको चलन।।।’, ‘तल तल तल तल बेँसीमा मैच्याङ।।।’, ‘मास्टर साहेब सिकाइदेऊ पिरती।।।’, ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला।।।’ लगायतका गीत सयौँ चर्चित गीत छन् । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.