काठमाडौं – भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसिएको छ । नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि हस्ताक्षरबारे बुझ्न खड्कालाई हेडक्वाटर झिकाइएको पुष्टि गरे ।
हकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेको पक्षमा रास्वपाले हस्ताक्षर अभियान चलाएको छ । पार्टी सभापति लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोध साँधिएको भन्दै चलाइएको हस्ताक्षर अभियानमा सई खड्काले हस्ताक्षर गरेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनी छानबिनमा तानिएका हुन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समाचार
मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव
३ पुष २०८२, बिहिवार


COMMENT
.