बैतडी, १६ असार – चौलानी नदीमा बैतडीका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमारका २६ वर्षीय महेश राना रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिएका थिए । उनका अनुसार राना आज बिहान ६ बजेतिर घर नजिकै रहेको चौलानी नदीमा हाम फालेको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता रानाको खोजीका लागि नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
राना किन नदीमा हाम फाले भनेर खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.