गण्डकी, ४ असारः गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२र८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु भएको छ । विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिएका थिए ।
बजेटमाथि यही असार १२ गतेसम्म प्रदेशसभामा छलफल भएपछि १३ गतेको बैठकमा निर्णयार्थ पेस हुने उनले बताएका थिए । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले गत आइतबार प्रदेशसभा बैठकमा आगामी आव २०८२/०८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.