महोत्तरी – महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु भएको छ ।
लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो ।
जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पु=याइएको थियो ।
हृदयघातबाट निजको मृत्यु भएको चिकित्सकले जनाएका कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिए ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समाचार
सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की
२ पुष २०८२, बुधवार


COMMENT
.