विराटनगर, ११ जेठ – कोशी प्रदेशसभाको आजको बैठकले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
सभामा मुख्यन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । बैठकले सदस्यद्वय गोम्बु शेर्पा र खिनु लिम्बूले संयुक्त रूपमा पेस गर्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकर गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा ४६ जना सदस्यले भाग लिएका थिए । नीति तथा कार्यक्रम पारित गर्न अनुरोध गर्दै मुख्यमन्त्री कार्कीले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्न सरकार प्रतिबद्ध छ भने । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नु प्रदेश सरकारको प्राथमिकता भएको बताउँदै राजस्वको दायरा विस्तार, वित्तीय सुशासन र विकासका लागि स्रोतको दिगो व्यवस्थापन गर्न नीतिगत एवं संस्थागत सुधार गर्ने बताएका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव


COMMENT
.