कञ्चनपुर, ७ जेठ – शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा हुन लागेको छ । भएको छ । “पुरानो घरको छाना बर्खामा चुहिँदा अन्नपात, लुगाफाटामान जोगाउन समस्या हुन्थ्योभने सर्प, बिच्छीलगायत विषालु कीराको उत्तिकै डर हुन्थ्यो । हुरीले छाना उडाउँदाको पीडा शब्दमा व्यक्त हुँदैने”, उनले भने ।
आर्थिक अभावमा पक्की घरमा बस्ने सपना नदेख्नु भएका उनलाई अब भने नगरपालिकाले आफूहरुका निम्ति सुरक्षित आवास निर्माण थालेपछि सपना विपनामा परिणत हुने आशा जागेको उनले बताएका थिए । सिमलखेतमा बसोबास गर्ने दलित परिवारका लागि नगरपालिकाले निड्स नामक गैरसरकारी संस्थासँगको साझेदारीमा ११ वटा सुरक्षित आवास निर्माण गरिरहेको छ । छ लाख ५० हजारको लागतमा दुईकोठे घर निर्माण भइरहेका वडाध्यक्ष लालबहादुर ऐरले बताउछन् । यसै महिना निर्माण सम्पन्न गरेर दलित परिवारलाई हस्तान्तरण गर्ने उनको लक्ष्य छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव


COMMENT
.