जलेश्वर, १ जेठः जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ । सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि अभाव हुँदा उपचारमा समस्या भएको अस्पताल प्रमुख डा।विकास साहले बताएका थिए । दश नगरपालिका र पाँच गाउँपालिका भएको उक्त अस्पतालमा दुई महिनादेखि औषधि अभाव भएको गुनासो गर्दै उनले समस्या समाधानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । अस्पतालमा दैनिक ३०० जना बिरामी आउने गरेका छन् ।
मधेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग पनि औषधिको लागि निरन्तर अनुरोध भएको प्रमुखसाहले बताउछन् । आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै स्रोतबाट जेनतेन व्यवस्थापन गरिहेको जानकारी दिँदै उनले इमर्जेन्सी सेवा पनि प्रभावित बन्ने परिस्थिति उत्पन्न भएको दुखेसो गरेका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.