काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो । यससँगै सुदूरपश्चिमले एनपीएलमा लगातार दोस्रो जित निकालेको छ ।
सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा दिएको १६८ रनको मध्य चुनौती पछ्याएको काठमाडौं १५।५ ओभरमै अलआउट हुँदै ९४ रनमा सीमित भएको हो ।
पराजित काठमाडौंका लागि स्टिफन स्किनाजीले मात्रै टिकेर खेल्दे ३७ रनको योगदान दिए । त्यसपछि सुमित महर्जनले १४ रन बनाए । उता भीम सार्की र गेर्हार्ड इरास्समसले १० र१० रनको योगदान दिए । काठमाडौंका अरु ब्याटर दोहोर स्कोर गर्नबाट चुके ।
काठमाडौंलाई धरासायी बनाउने क्रममा सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले केबल १९ रन दिएर ५ विकेट झारे । साउदको कसिलो बलिङसामु काठमाडौंका ब्याटर धरासायी हुँदा १०० रन पनि छुन नसकेको हो ।
नरेनले नामिबियाका अलराउन्डर काठमाडौंका गेर्हार्ड इरास्मस, इङ्ल्यान्डका मध्यक्रमका ब्याटरसमेत रहेका स्टिफन एस्किनाजी, रसिद खान, करण केसी र शाहब अलामको विकेट लिएका हुन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.