काठमाडौं, २४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्ल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर विनोद पुनसमेतका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलाउपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
स्थानीय शारा नगरपालिका वडा नं १५ स्थित सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माणमा सम्झौताबमोजिमको काम नभएको जनाउँदै आयोगले इञ्जिनियर पुनविरुद्ध रु सात लाख १४ हजार ४१ बराबरको बिगो दाबी गर्दै दायर गरेको मुद्दामा विशेषले सफाइ दिएकामा त्यसविरुद्ध आयोगले मङ्गलबार पुनरावेदन गरेको हो ।
यसैबीच, आयोगले बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्करकुमार सिंह नेपाल मिडिया हाउस प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक नवराज निरौलासमेत तीन जना र उक्त हाउसउपर गैरकानुनी लाभ तथा राज्यलाई हानि पुर्याएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
फेटा गाउँपालिकाको विद्युत् पोल गाड्ने तथा तार तान्ने कामका निम्ति खरिद प्रक्रियासम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशनमा झुठा विवरण पेश गरी भुक्तानी लिने र दिने दुवैलाई विपक्षी बनाएर मङ्गलबार आरोपपत्र दायर गरिएको हो । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो


COMMENT
.