एजेन्सी – पाकिस्तानी सांसदले भारतमा न्यूक्लियर बम प्रहार गर्ने धम्की दिएका छन् । पाकिस्तानी सांसद अब्दुल कादिर पटेलले भारतले आक्रमण गरे पाकिस्तानले न्यूक्लियर बम प्रहार गर्नका लागि एक सेकेन्ड पनि नसोच्ने धम्की दिएका हुन् ।
उनले आफूहरुले विवाहमा पट्काउनका लागि नभइ यस्तै युद्धमा प्रयोग गर्न न्यूक्लियर बम बनाएको बताएका छन् । न्यूक्लियर बमको ट्रिगर दबाउनेमा एक सेकेन्ड पनि ढिला नगर्ने पाकिस्तानी सांसदको अभिव्यक्तिले भारतमा हंगामा मच्चाएको छ । यता पाकिस्तानका रक्षा मन्त्रीले पनि भारतले परमाणू युद्धलाई निम्तो दिइरहेको प्रतिक्रिया दिएका छन् ।
यस्तै भारतले पनि सिमानाकामा सैनिक चहलपहल बढाइरहेको छ । भारतले आफ्ना नागरिकलाई पछिल्लो ५४ वर्ष पछि पहिलो पटक युद्ध सुरक्षा तालिम दिन सुरु गरेको छ । यसविषयमा यूएन महासचिव एन्टिनो गुटरेसले चिन्ता व्यक्त गरेका छन् ।
उनले भारत र पाकिस्तानलाई वार्ता र संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन् । सैनिक भिडन्त नै अन्तिम समाधान नभएको भन्दै उनले वार्ताबाट समाधान खोज्न आग्रह गरेका हुन् । भारतको कश्मीरमा भएको आतकवादी हमलापछि दुवै देशबीचको तनाव उच्च बिन्दू पुगेको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.