काठमाडौं, २० वैशाख – राष्ट्रिय मानवअधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संरक्षणमा संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोगले आज एक विज्ञप्ति निकालेर संविधान तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय कानूनले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न आग्रह गरेको हो । आयोगले पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न सरकार लगायत सम्बद्ध सबैमा आग्रह गरेको छ । गत चैत १५ गते समाचार सङ्कलनका क्रममा तीनकुनेमा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको र शिक्षक आन्दोलनको समाचार सङ्कलन गर्दा पत्रकार सविना कार्की घाइते भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.