काठमाडाैं - आइतबार प्रहरीसँग मुडभेड गरेका आन्दोलनरत शिक्षकहरुले सोमबार एकीकृत समाजवादीका नेताहरुलाई लखेटेका छन् । आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेतालाई शिक्षकहरले अपमान गराएर फर्काएका हुन् ।
समाजावादीका नेताहरुको समुह आन्दोलनमा पुग्ने वित्तिकै शिक्षकहरुले उनीहरुकै विरोधमा नाराबाजी गरेका थिए । उनीहरुले समाजवादीका नेताहरुलाई फर्कि हाल्न भनेका छन् । पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगेको थियो ।
शिक्षकहरूको समर्थनमा भाषण गर्ने योजनासहित आन्दोलन स्थलमा पुगेका नेताहरु मलिन अनुहार लिएर पर्कन बाध्य भएका छन् । आफू विरुद्ध नै नाराबाजी भएपछि नेताहरु फर्किहालेका थिए । ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएपछि नेताहरू लज्जित भएर फर्किनु परेको थियो । फर्किने क्रममा उनीहरूलाई प्रहरीले गाडीसम्म स्कर्टिङ गर्यो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव


COMMENT
.