जुम्ला, २१ चैत – तातोपानी गाउँपालिकाका दुई वडा सडक सञ्जालमा जोडिएका छन् । पालिकाको विकट वडा मानिने ७ र ८ वडालाई सदरमुकामसम्म जोड्ने उद्देश्यले सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताएका थिए। गाउँपालिका अध्यक्ष चौलागाईंले भनेका छन्, “सडक सञ्चालन भएसँगै तातोपानी गाउँपालिका–७ र ८ का बासिन्दाहरूले लामो बाटो हिँड्नुपर्ने कष्टबाट मुक्ति पाएका छन् । यसअघि यी वडाका बासिन्दाले तिला गाउँपालिका हुँदै यात्रा गर्नुपर्ने बाध्यता थियो ।
“सडक निर्माणलाई पालिकाले विशेष प्राथमिकतामा राखेर काम गरेको छ । विकट क्षेत्रलाई पालिकाको केन्द्रसँग जोड्ने योजना सफल भएको गाउँपालिका अध्यक्ष चौलागाईंले जानकारी दिएका थिए । सडकलाई कालोपत्र गर्न बजेट अभाव रहेकाले हाललाई ग्रोभेलसम्म गर्ने योजना रहेको उनले सुनाएका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.