घोडाघोडी (कैलाली), १८ चैत – सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले ईद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेको थियो ।
ईस्लाम धर्मावलम्बीको महान् पर्व ईद उल फित्र अर्थात् ईद पर्वको अवसरमा शुभकामना दिँदै प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको कामना गरेको छ । एकापसमा रहेको रिस, राग बिर्सेर एकापसमा खुसी साटासाट एवं शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, भाइचारा र पारिवारिक मिलनको रुपमा खुसी र हर्ष उल्लासपूर्वक ईद पर्व मनाउन उनले आग्रह गरेका थिए ।
“यस पर्वले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, समझदारी, समन्वय मेलमिलाप एवं भाइचाराको भावना बढाउनुका साथै राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस्”, प्रदेश प्रमुख मियाँको सन्देशमा उल्लेख छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.