काठमाडौं, १५ चैत – नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ महाधिवेशनको मिति तोकिएको छ ।
सङ्घको पदाधिकारी बैठकले आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष क्षितिज थेवेले जानकारी दिएका छन् । महाधिवेशनका लागि सङ्घका अध्यक्ष थेवेको संयोजकत्वमा ५५५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । महाधिवेशनले आगामी दुई वर्षका लागि १५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
एमालेको जनसङ्गठनको महाधिवेशन आगामी जेठ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिइसकेको छ । अहिलेसम्म प्रेस चौतारी नेपाल र राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको महाधिवेशन सम्पन्न भइसकेका छन् । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.