काठमाडाैं । भारतका एक कुकुरको ब्रिडर (प्रजनक)ले वास्तविक ब्वाँसो र कौकेसियन सेफर्डको अनौठो क्रस खरिदका लागि ५.८१ मिलियन डलर (करिब ८० करोड नेपाली रुपैयाँ) खर्च गरेका छन् । योसँगै यो विश्वकै सबैभन्दा महँगो कुकर बनेको छ ।
‘काडाबम्ब ओकामी’ नाम दिइएको उक्त कुकुरलाई अमेरिकामा ब्रिड गरिएको थियो । यसलाई इन्डियन डग ब्रिडर्स एसोसिएसनका अध्यक्षसमेत रहेका बैंगलुरुका एस सतिशले खरिद गरेका हुन् ।
सतिशसँग १५० वटा भन्दा बढी कुकुरको प्रजाति रहेको बताइएको छ । यसमा विश्वका दुर्लभ प्रजातिहरू रहेका छन् । भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले ‘काडाबम्ब ओकामी’ का लागि ५.८१ मिलियन डलर खर्च गर्नु उपयुक्त भएको बताए । यो कुकुर मात्र ८ महिनामा ७५ केजी पुगेको छ भने ३० इन्च यसको उचाइ रहेको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.