
काठमाडाैं । भारतका एक कुकुरको ब्रिडर (प्रजनक)ले वास्तविक ब्वाँसो र कौकेसियन सेफर्डको अनौठो क्रस खरिदका लागि ५.८१ मिलियन डलर (करिब ८० करोड नेपाली रुपैयाँ) खर्च गरेका छन् । योसँगै यो विश्वकै सबैभन्दा महँगो कुकर बनेको छ ।
‘काडाबम्ब ओकामी’ नाम दिइएको उक्त कुकुरलाई अमेरिकामा ब्रिड गरिएको थियो । यसलाई इन्डियन डग ब्रिडर्स एसोसिएसनका अध्यक्षसमेत रहेका बैंगलुरुका एस सतिशले खरिद गरेका हुन् ।
सतिशसँग १५० वटा भन्दा बढी कुकुरको प्रजाति रहेको बताइएको छ । यसमा विश्वका दुर्लभ प्रजातिहरू रहेका छन् । भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले ‘काडाबम्ब ओकामी’ का लागि ५.८१ मिलियन डलर खर्च गर्नु उपयुक्त भएको बताए । यो कुकुर मात्र ८ महिनामा ७५ केजी पुगेको छ भने ३० इन्च यसको उचाइ रहेको छ ।
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा




समाचार
क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने, अवरुद्ध सडक सञ्चालन सरकारको पहिलो प्राथमिकतामा
२२ असोज २०८२, बुधवार





COMMENT
.