बैतडी, २ चैत – जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले होली खेलेर रु तीन लाख १८ हजार आठ सय ५० सङ्कलन गरेको जनाउँदै यो रकम विद्यालयको विकासमा खर्च गरिने बताएको छ । विद्यालयले धेरै वर्षदेखि होली खेलेर आर्थिक स्रोत सङ्कलन गर्दै आएको छ । विद्यालयले आफ्नै स्रोतमा छात्रावास सञ्चालन गरेको छ । निजी स्रोतका शिक्षक, छात्रावासलगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम सङ्कलन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताएका छन् ।
यसैगरी, पाटन नगरपालिका–१ मेल्चौरामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयले पनि होली खेलेर रु तीन लाख सङ्कलन गरेको छ । सङ्कलित रकम विद्यालयको शैक्षिक विकासमा खर्च गरिने प्रधानाध्यापक दीपेन्द्रसिंह चाँडले बताएका छन् । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.