दमौली (तनहुँ), २७ फागुन –यहाँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ । नेपाल हिल्फे वाइलग्रिस जर्मनको आर्थिक सहयोगमा विद्यालयको आठकोठे भवन निर्माण गरिएको हो ।
उक्त संस्थाको रु दुई करोड लागतमा विद्यालय भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलमोहन घिमिरेले जानकारी दिएका छन् । नयाँ भवन निर्माणसँगै विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरेले जानकारी दिएका छन् । उक्त भवनको सोमबार शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित र उक्त संस्थाका अध्यक्ष मानफ्रेड लिन्डरले संयुक्त रुपमा उद्घाटन गरेका छन्। सो अवसरमा नगरप्रमुख पण्डितले विद्यालयको भवन निर्माणमा सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे ।
उक्त संस्थाले विगत ३१ वर्षदेखि नेपालको शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रमा काम गरिरहेको छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ


COMMENT
.