काठमाडौं – नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताएका छन् ।
शुक्रबार चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवाद समस्या रहेको स्वीकार्दै त्यसलाई रुपान्तरण अभियानबाट हल गर्ने बताए ।
अहिले नै पार्टीभित्रको समस्या पूरै हल भइनसकेको उनले बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने भन्दै श्रेष्ठले उनकै नेतृत्वमा पार्टीलाई रुपान्तरण र पुनगर्ठन गर्न एक भएर अघि बढाउने दाबी गरे ।
उनले माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुर्याछाड्ने उल्लेख गरेका छन् । सरकारको गतिविधि सबैलाई जगजाहेर भएकाले भन्दै यसबारे टिप्पणी गरेर शब्द खेर नफाल्ने उनले बताए । भरतपुरको बिकास क्रान्तिकारी ढंगले भएको भन्दै महानगरकी प्रमुख रेनु दाहालको उनले प्रशंसा गरेका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.