काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरक्षा बढाइएको छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप बबरमहलमा बुधबार दिउँसो फुटेको छ ।
पाइप फुटेर निस्किएको पानीले बबरमहल क्षेत्र जलमग्न बनेको छ । चुच्चेपाटीस्थित महांकाल खानेपानी केन्द्रबाट पानी बन्द गरिसकिएको काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)ले जनाएको छ ।
यद्यपि, पाइप ठूलो भएको र त्यहाँ जमेको पानी सबै बग्ने भएकाले अहिले पनि बबरमहलमा पाइपबाट पानी निस्कन छाडेको छैन । पानी नरोकिएपछि अहिले प्रसूति गृहमा पनि उद्धार टोली पठाइएको हो ।
काठमाडौं महानगरका एक प्रहरीले दिएको जानकारी अनुसार अहिले लगभग २ सय जनाको सुरक्षा टोली सो क्षेत्रमा खटिएको छ । नेपाल प्रहरी, नेपाली सेना, महानगर प्रहरी गरेर सो संख्यामा टोली खटिएको हो । बबरमहलमै रहेको विशेष अदालतभित्र केही कर्मचारी अझै रोकिएका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.