रुपन्देही । रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ । लामिछाने अदालत हाजिर भएसँगै थुनछेक बहस सुरु भएको हो । बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको अभियोग लामिछानेमाथि मुद्दा छ ।
लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको हो। लामिछानेसँग रुपन्देही जिल्ला अदालतले बुधवार बयान सकेपछि परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडेको थियो ।
जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बहस सुरु भएको जानकारी दिए। आज सुरुमा वादी सरकारी वकिलको तर्फबाट आधा दर्जन वकिलले बहस गर्नेछन् । जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे वसन्त र उच्चका सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गर्नेछन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.