काठमाडौं - भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।बुधबार साँझ उत्तर महाराष्ट्रको जलगाउँ जिल्लामा रहेको पुष्पक एक्सप्रेसमा आगलागी भएको अफवाह फैलिँदा यात्रुहरूले ट्रेनबाट हाम फालेका थिए ।
यात्रुले रेलको चेन तानेर बाहिर निस्कन थाले भने केहीले रेलबाट हाम फालेका थिए । केही यात्रुहरू ट्र्याकमा यता उता दौडन थाले । यसैबीच अर्को ट्र्याकमा आउँदै गरेको तीव्र गतिको कर्नाटक एक्सप्रेसले उनलाई कुल्चिदा मृतको संख्या बढेको हो ।
दुर्घटनाको केही समयपछि स्थानीयवासी घाइतेको उद्धारका लागि घटनास्थल पुगेका थिए । पुष्पक एक्सप्रेस लखनउबाट मुम्बई जाँदै थियो।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.