काठमाडाैं - विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन लागि परेका उर्जामन्त्री दीपक खड्कामाथि मन्त्रालय भित्रै हातपात भएको छ । गत शुक्रबार साँझ ६ बजे मन्त्रालयबाट निस्कदै गर्दा भर्याङमै उनीमाथि एक व्यक्तिले हातपात गरेका हुन् ।
उनीमाथि हातपात भएपनि समयमै सुरक्षाकर्मी पुगेका थिएनन् । मन्त्री खड्काले आफूमाथि हातपात हुँदा समेत सुरक्षाकर्मी समयमै नपुग्नु गम्भीर सुरक्षा लाहपरबाही भएको बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बुढानीलकण्ठमा राखेको मन्त्रीसहितको संसदीय दल कार्यसमितिको बैठकमा खड्काले यस्तो गुनासो गरेका हुन् । गृहमन्त्री लेखकले भने समयमा जानकारी किन नदिएको भन्दै प्रश्न गरेका थिए।
ऊर्जामन्त्रीले आफूमाथि आक्रमण भएको भन्दै सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् । स्मरण रहोस मन्त्री खड्का र गृहमन्त्री रमेश लेखक दुवै जना नेपाली कांग्रेसका होनहार नेता भित्र पर्दछन् । पछिल्लो समय विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनका लागि मन्त्री खड्काले धेरै मिहिनेत गरिरहेका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.