धादिङ – चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो । बुलेट सडकबाट तल खसेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ । यद्यपि घाइते कोही पनि भेटिएको छैन । अहिले चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।
सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.