काठमाडौं – रवि लामिछानेको सहकारी सम्बन्धी मुद्दामा उनी पक्षका वकिलहरूले बहस सिद्ध्याएका छन् । मंगलबार ८ वकिल र सोमबार ३ जना गरी ११ वकिलले रविको पक्षमा बहस गरे ।
मंगलबार वरिष्ठ अधिवक्ता राजेन्द्र सेढाईं, डा नारायण घिमिरे, अधिवक्ताहरू सुरज बस्नेत, सञ्जय गोले, सुनिता रावत, डा नारायण कँडेल, सुदीप पन्त र रोहितराज बास्तोलाले बहस गरेका हुन् । बहसमा रवि पक्षका वलिकहरुले सरकराले खराब नियत राखेर मुद्धा दायर गरेको आरोप लगाएका छन् ।
खातामा आएको रकमबारे स्पष्टीकरण दिने मौका नदिएर सम्पत्ति शुद्धीकरणको मुद्धा लगाइएको रविका वकिलहरुले बताएका छन् । उनीहरुले सरकार गलत मनसाय लिएर अदालतमा उपस्थित भएको भन्दै आलोचना गरे । गोर्खा मिडियासँग गरेको सम्झौता बमोजिम रवि लामिछानेको भूमिका रहेकाले सहकारीमा जबाफदेहिता नरहने उनीहरुको दाबी छ ।
रविका वकिलले कुनै पनि अपराधमा लामिछानेको संलग्नता नरहेकाले रिहा गर्नुपर्ने माग समेत राखेका थिए । लामिछाने पक्राउ परेका कारण सारा नेपालीमा निरुत्साहन बढेको भन्दै विदेशमा भएका कोही पनि नेपाल नआउन अपिल गर्ने तर्क समेत रविका वकिलहरुले गरेका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.