रौतहट– रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका– ५ स्थित पासवान टोलमा गए राति भीषण आगलागी भएको छ। लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएको आगोले सात वटा घर जलेर नष्ट भएका छन् ।
राजदेवी नगरपालिका– ५ पताही बस्ने जगतनाथ पासवानको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो। आगलागी बाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्तिदेवी पासवान र प्रदीप पासवान, लगायत सात जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट ८ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । आगलागीको खबरपछि बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहाको कमाण्डमा १० जना, प्रहरीचौकी वसन्तपुरबाट असई रामलगन दासको कमाण्डमा ५ जनाको टोली, गौर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.