काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा सोमबार बस्नेगरी बैठक आह्वान गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठक यही मंसिर २४ गते बिहान ९ बजे बस्ने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने उनले जानकारी दिए ।


COMMENT
.