• १३ फागुन २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

रवि–बालेन सहमतिले हर्कको छटपटी बढ्यो, बिहानयता गरे ३१ पोष्ट

१३ पुष २०८२, आइतवार

काठमाडौं। रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच चुनावी सहमति भएपछि धरानका मेयर हर्क साम्पाङले लगातार असन्तुष्टि व्यक्त गरेका छन् ।  प्राय सामाजिक सञ्जालमा सक्रिया हुने हर्कको सक्रियाता आज झनै बढेको छ । बालेन र रवि लामिछाने लक्षित उनले भिडियो नै बनाउन भ्याइसकेका छन् । आज बिहानबाट मात्रे उनले ३१ भन्दा धेरै पोष्टहरु गरेका छन् ।  उनले कतिपय पोष्टमा बालेनको नाम नै तोकेका छन् भने कतिपय पोष्टमा नाम नतोकि रवि र बालेनको सहकार्यलाई विरोध गरेका छन् । प्राय आफ्नै काममा व्यस्त हुने हर्क साम्पाङ आज भने अलि बढि छट्पटिमा भएजस्तो देखिन्छन् ।

आज बिहान मात्रै राखेको फेसबुक स्टाटसमा उनले आफ्नो पार्टी श्रम संस्कृति नेपालले बहुमत ल्याउने दाबी गर्दै रवि र बालेनको मिलन मिडिया ट्रयालका लागि मात्रै भएको आरोप लगाए । साथै उनले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट समेत पारेका छन् । रवि बालेनको सहमतिलाई साम्पाङले खिसीटिउरी गर्दै भनेका छन्, जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ १ फटाहाहरू‘ सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे १’ उनले लाइभ, स्ट्याटस र अन्य प्रयोगकर्ताहरूले बालेन र रवि विरुद्ध राखेको सामाग्रीहरू समेत शेयर गर्दै निरन्तर विरोध गरेका छन् ।

COMMENT

.