काठमाडौ,। डडेल्धुरा, परशुराम — डडेल्धुराको परशुराम नगरपालिकाले आफ्नो १२ औँ स्थापना दिवसको अवसरमा परशुराम धाम क्षेत्रमा व्यापक सरसफाइ अभियान सञ्चालन गरेको छ।नगरको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको परशुराम धामलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले आयोजित यस अभियानमा नगर प्रमुख भरत जोशी, उप–प्रमुख, वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरू सक्रिय सहभागी भए।
साथै, प्रमुख प्रशासनिक अधिकृत, विभिन्न शाखाका कर्मचारी, नेपाल आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, स्थानीय बासिन्दा, युवाहरू र स्वयंसेवी समूहहरूको समन्वित प्रयासले धाम परिसर, पार्क क्षेत्र, बाटो–घाटो र मन्दिर परिसरलाई सफा र व्यवस्थित बनाइएको छ। नगरपालिकाले यस अभियानको माध्यमबाट समुदायमा सरसफाइ तथा पर्यावरणीय सचेतना प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताएको छ। जय परशुराम-१
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.