• २ पुष २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला

१७ मंसिर २०८२, मङ्गलवार

चितवन,। नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका थिए । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताउछन् । कोइरालाले भने, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।” उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताएका थिए । 

यद्दपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ । जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताउछन् । महाधिवेशनमा उम्मेद्वारीका सम्बन्धमा उनले भने, “सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाई हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुईजनामध्ये एक जना लड्छौँ ।” रासस

COMMENT

.