काठमाडौं,। संयुक्त अरब इमिरेट्स ९यूएई० मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ ।युएईको अजमानस्थित करवान मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराएर उपाधि नजिक पुगेको हो । यस्तै युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
यसैबीच फाइनल यात्रा तय गरेसँगै नेपाल र युएई आगामी एसिया कप खेल्न छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनल पुग्ने टोली सिधै एसिया कपका लागि छनोट हुने प्रावधान छ ।यस्तै सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने छ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपका लागि छनोट हुने छ । तेस्रो स्थानका लागि आजै मलेसिया र ओमानबीच खेल हुनेछ । एसीसी पुरुष यू–१९ प्रिमियर कपमा १४ टोलीको सहभागिता रहेको थियो । यु–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदैछ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.