काठमाडौं,। लेडिज ब्याग लुट्ने गिरोह नै प्रहरीको फन्दामा परेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा लेडिज ब्याग लुटमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ घर भएर तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोट गोस्याङ्ग घर भएका २० वर्षीय विशाल राई, नुवाकोटको किस्पाङ घर भएका १८ वर्षीय साजन तामाङ र नुवाकोटकै चौगाडा घर भएका १९ वर्षीय समीर तामाङ छन् ।
आरोपीहरूलाई मंगलबार तारकेश्वर–९ स्थित सुकुम्वासी टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनीहरुले मङ्सिर ८ मा तारकेश्वर नगरपालिका–११ नेपालटारमा लमजुङ घर भएकी एक जना महिलाको झोला लुटेर भागेका थिए । अनुसन्धान गर्दै जाँदा आरोपीहरूले हालसम्म सो क्षेत्रबाट ३ थान लेडिज ब्याग लुटेको थाहा भएको छ ।उनीहरुले लुटेको सामान प्रहरीले बरामद गरेको छ । आरोपीहरूमाथि चोरी मुद्दामा म्याद लिएर प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ । पीडितहरूले ३ वटा जाहेरी बालाजु प्रहरीमा दर्ता गराएका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.