काठमाडौं,। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटअन्तर्गत आज पहिलो खेलमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ राजेको हो । अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो जितको खोजीमा छ । यसअघि जनकपुर पहिलो खेलमा काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो ।
यस्तै सन्दीप लामिछानेको कतानीमा रहेको विराटनगर लगातार तेस्रो जितको पर्खाइमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौंलाई पराजित गरेको थियो । यस्तै आजै अपरान्ह ४ बजे दोस्रो खेल साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा यही मङ्सिर १ गते सुरू भएको प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्ने छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.