काठमाडौं,। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल सुरु भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको छ । लुम्बिनीका सन्दीप जोरा एक रनमा आउट भए । लुम्बिनी सुरुआतमा दबाबमा देखिएको छ । यो समाचार तयार पार्दासम्म लुम्बिनीले चार ओभरमा जम्मा एक विकेटको क्षतिमा सात रन बनाएको छ ।
लुम्बिनीको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, सन्दीप जोरा, दिलिप नाथ, डि आर्की सर्ट, गुलबदिन नाइब, जेजे स्मिथ, रुबेन ट्रम्पेलमान, अभिषेस गौतम, शेर मल्ल, समिर अली मसलमान र सुमित महर्जन छन् । साथै कर्णाली याक्सको प्लेइङ–११ मा कप्तान सोमपाल कामी, पवन सरार्फ, नजिबुल्लाह जर्दान, अर्जुन घर्ती, गुलशन झा, युवराज खत्री, विपिन शर्मा, नन्दन यादव, प्रियांक पञ्चाल, विलियम बोसिस्टो, मार्क वाट छन् । आज हुने दोस्रो दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्ग्सबीच हुनेछ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.