काठमाडौं,। नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासङ्घले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अध्यक्ष पद आफ्नो लागि सामान्य भइसकेको बताएका हुन् । उनले देश बचाउनका लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन्। पार्टीभित्र दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको सन्दर्भमा उनले भने, ‘कतिपय मानिसहरूले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड्।
म पार्टी अध्यक्ष मात्रै होइन, के बलिदान गर्न पर्छ म गर्न तयार छु। आजै म तपाईंहरूको अगाडि घोषणा गर्न चाहन्छु। देश बच्न पऱ्यो। हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो।’उनले केन्द्रीय समितिलाई आयोजक समितिमा र अध्यक्षलाई संयोजकमा रूपान्तरण गर्न तथा अधिवेशनसम्म जाँदा जस्तोसुकै त्याग गर्न आफू तयार रहेको बताए। दाहालले सबैलाई राष्ट्रको निम्ति त्याग गर्न तयार रहन पनि अपिल गरे। उनले पार्टी कार्यकर्ताहरूलाई विचलित नहुन पनि आग्रह गरे।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ


COMMENT
.