अर्घाखाँची,। यहाँको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो । उनीहरू दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिएका थिए । गम्भीर घाइते दुवैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.