• २२ असोज २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

सिंहदरबार आुगलागीबारे मेयर बालेन शाहको स्पष्टिकरण

२२ असोज २०८२, बुधवार

काठमाडौं,। काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरबार आुगलागीमा महानगरको दमकल नपुगेको भन्दै उठेका आरोप अस्वीकार गर्दै विस्तृत तथ्य सार्वजनिक गरेका छन्। उनका अनुसार भदौ २४ गते देशभर अराजक अवस्था रहेको र आन्दोलनकारीको अवरोधका कारण प्रारम्भिक समयमा दमकल सिंहदरबार पुग्न नसकेको हो। तर, भिड शान्त भएपछि साँझ ८स्१५ बजे काठमाडौं महानगरको दमकल सिंहदरबार पुगेको र नेपाली सेनाको दमकल पनि त्यहाँ उपस्थित भए पनि काम गर्न अवरोध भएको उनले बताएका छन्।

शाहले आन्दोलन सुरु भएको भदौ २३ गतेदेखि २८ गतेसम्म महानगरका दमकलले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, बबरमहलको जिल्ला प्रशासन कार्यालय, डाटा सेन्टर, बैंक, प्रहरी कार्यालयलगायत ठाउँमा ५५ पटकभन्दा बढी आुगो निभाएको विवरण पेश गरेका छन् । महानगरसँग हाल ५ वटा दमकल र ४४ जना जनशक्ति रहेको जनाउँदै उनले “हामी आरोपबाट होइन, जिम्मेवारीबाट भाग्दैनौं,” भनेका छन्। साथै उनले आन्दोलनका बेला घाुइते र बिरामीहरूको उपचार, औषधि, रुगत, खाना तथा लास व्यवस्थापनसम्म महानगरले गरेको उल्लेख गर्दै, अफवाहमा नपर्न र तथ्य पुष्टि गरी मात्र समाचार लेख्न मिडियालाई आग्रह गरेका छन्। अन्त्यमा मेयर शाहले भनेका छन्, “देशलाई अहिले हल्ला र झूट होइन, एकता र सत्यको खाँचो छ।”

COMMENT

.