विराटनगर । मोरङको जहदामा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–२ बस्ने २० वर्षीय महमद रमजान, १९ वर्षीय सुनिल कुमार साह र भारतको विहार राज्य अररिया घर भई हाल कटहरी २ ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जर रहेका छन् ।
पीडितसँगको प्रारम्भिक बयान एवं घटनास्थलको सूक्ष्म अनुसन्धानका आधारमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूमाथि अपहरण, शरीर बन्धक राखी ज्यान मार्ने उद्योग गरी जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालत विराटनगरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान मनिङवाक निस्किएको बेला २२ वर्षीय युवतीमाथि युवतीमाथि सामूहिक बलात्कार भएको थियो । सामूहिक बलात्कारपछि हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला परेको मोरङ प्रहरीको भनाइ छ । उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा युवतीलाई बाँसको झ्याङमा लगेर बलात्कार गरिएको प्रहरीको भनाइ छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.