• ४ भदौ २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

विपिन जोशी रिहा हुने सम्भावना बढ्यो, हमासले स्वीकार्यो प्रस्ताव

३ भदौ २०८२, मङ्गलवार

काठमाडौं,। विपिन जोशीबारे खुसीको खबर आएको छ । हमासले युद्धविराम र बन्धक रिहाइको नयाँ प्रस्ताव स्वीकार गरेसँगै विपिन जोशी छुट्ने सम्भावना बढेको हो । युद्धविरामअघि हमासले बाँकी रहेका ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्ने छ । जसमध्ये २० जना मात्रै जीवित रहेका बताइएको छ ।

यसपछि मात्रै स्थायी युद्धविरामका लागि वार्ता अघि बढ्ने छ ।यद्यपि, इजरायलका तर्फबाट युद्धविरामबारे केही प्रतिक्रिया आएको छैन । गत साता इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुले सबै बन्धकहरूलाई एकैपल्ट रिहा गरेपछि मात्रै सम्झौता स्वीकार गरिने बताएका थिए ।

COMMENT

.