
काठमाडौं,। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्न आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेट गर्न इच्छुक रहेको बताएका । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र धेरै युरोपेली नेताहरूसँगको वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले करिब साढे तीन वर्षअघि मस्कोको आक्रमणपछि पहिलो पटक पुटिनसँग आमनेसामने हुन तयार रहेको बताएका थिए ।
“मैले पुष्टि गरेँ – र सबै युरोपेली नेताहरूले मलाई समर्थन गरेका थिए – हामी पुटिनसँग द्विपक्षीय बैठकका लागि तयार छौँ“, शिखर सम्मेलनपछि जेलेन्स्कीले भने ।रुसले लगातार प्रगति गरिरहेकाले जेलेन्स्की अहिले युद्ध अन्त्यका लागि क्षेत्र हस्तान्तरण गर्न दबाबमा छन् ।ह्वाइट हाउसको बैठकअघि, ट्रम्पले युक्रेनलाई क्रिमिया त्याग्न र नाटोमा सामेल हुने आफ्नो लक्ष्य छोड्न दबाब दिएका थिए । यी दुवै पुटिनका प्रमुख माग हुन् । तर जेलेन्स्कीले ट्रम्पलाई युद्धको अवस्थाबारे स्पष्ट चित्र प्रस्तुत गर्न सक्षम भएका थिए । उनले ओभल अफिसमा ट्रम्पसँग एक्लै भेट गरेका थिए ।
“यो हाम्रो बैठकहरू मध्ये सबैभन्दा राम्रो थियो”, जेलेन्स्कीले आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा भने, “मैले नक्सामा समेत सबै अमेरिकी सहकर्मीहरूलाई युद्धको मैदानको अवस्थाबारे धेरै कुरा देखाउन सकेँ ।”युक्रेनलाई क्षेत्रीय छुट दिनुभन्दा बरु शिखर सम्मेलन सुरक्षा ग्यारेन्टीको व्यवस्थामा केन्द्रित भएको फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पत्रकारलाई जानकारी दिएका थिए ।ट्रम्पले पनि ‘संयुक्त राज्य अमेरिकासँगको समन्वयमा विभिन्न युरोपेली देशहरूले ग्यारेन्टी प्रदान गर्ने’ बताएका थिए ।
जेलेन्स्कीले भने, “संयुक्त राज्य अमेरिका युक्रेनका लागि सुरक्षा ग्यारेन्टीमा सहयोग गर्ने, समन्वय गर्ने र सहभागी हुने देशहरू मध्ये एक होस् भन्ने स्पष्ट सङ्केत दिन्छ भन्ने महत्त्वपूर्ण छ ।”उनका अनुसार ती योजनाहरू अर्को हप्ता वा दस दिनभित्र कुनै न कुनै रूपमा औपचारिक हुनेछन् । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.