• ८ भदौ २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

टप एण्ड टी–२० सिरिज : नेपालले पायो एक सय ७६ रनको लक्ष्य

२ भदौ २०८२, सोमवार

काठमाडौं,। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले जितको लागि एक सय ७६ रनको लक्ष्य पाएको छ ।डार्विनस्थित टिआइओ रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई जितको लागि एक सय ७६ रनको लक्ष्य दिएको हो । मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रनको योगफल बनायो ।

मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले  सर्वाधिक ७४ रन बनाए । त्यस्तै थोमस रोजर्सले ६५ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने  सोमपाल कामी र शाहब आलमले समान एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस

COMMENT

.