काठमाडौं,। नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका हुन् । समाजको गए राति सम्पन्न मतगणनाअनुसार खतिवडाले ४६० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रा डा खुमनारायण पौडेलले ३६६ मत प्राप्त गरेका थिए । यस्तै, उपाध्यक्षमा डा वसन्तराज अधिकारी र महासचिवमा शिवकुमार बाँस्कोटा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक नारायण बाँस्कोटाले राससलाई जानकारी दिएका थिए ।
यसैगरी, उपमहासचिवमा गोविन्द ओझा ४२३ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण पाण्डेले ३७६ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा सुमिला पौडेल र सदस्यमा विनोद केसी, रोशन न्यौपाने र धीरेन्द्रप्रसाद पाण्डे निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक बाँस्कोटाले बताउछन् । कूल एक हजार १४२ सदस्य रहेको उक्त समाजको शुक्रबार विद्युतीय माध्यमबाट भएको मतदानमा ८३४ जनाले मतदानमा भाग लिएका थिए । उक्त समाजको कार्यकाल दुई वर्षको हुनेछ । नवनिर्वाचित अध्यक्ष खतिवडाले सबै भूगर्भविद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.